बच्चाहरुसँग सवारी सम्बन्धमा
पाल्तु जनावरसँग सवारी सम्बन्धमा
तपाईंको सवारी मूल्याङ्कन सम्बन्धमा
छोटो होस् या लामो यात्रा, जुनसुकै सिटमा बसेपनि सिटबेल्ट बाध्न नभुल्नुहोस्।
गाडी चलाईरहेका चालकको ध्यान नभड्काउनुहोस्। चालकले देख्ने कुनातिर बस्नुहोस् ताकि तपाईंसँग कुरा गर्दा घुम्न नपरोस्।
कृपया चालक र उनीहरूको कार, व्यक्तिगत दूरी, र गोपनीयताको सम्मान गर्नुहोस्।
चालकलाई अभिवादन गर्नुहोस् र सवारीको लागि वा आफ्नो सामान उठाउन मद्दतको लागि धन्यवाद दिन नबिर्सनुहोस्। यस्ता स-साना कुराले तपाईंको पारस्परिक अनुभवलाई राम्रो बनाउँदछ।
कृपया ध्यान पुर्याउनुहोस् र व्यक्तिगत प्रश्नहरू सोध्ने, सम्पर्क जानकारी साझा गर्ने, वा शारीरिक दूरी उल्लङ्घन गर्ने काम नगर्नुहोस्।
चालकलाई गीत परिवर्तन गर्न, तापक्रम समायोजन गर्न वा झ्याल बन्द गर्न सोध्न नहिचकिचाउनुहोस्। तर यो सुनिश्चित गर्नुहोस् कि सो कुरा दुबैको लागि स्विकार्य छ।
कृपया कार भित्र धुम्रपान नगर्नुहोस्, र दाग वा अप्रिय गन्धबाट बच्न खाना र पेय पदार्थ प्रयोग गर्दा सावधान रहनुहोस्। यदि जानी-नजानी गाडी फोहोर गर्नुभयो भने कृपया सफा गर्नुहोस् वा सफाई गर्न लाग्ने लागत दिनुहोस्।
अन्त्यमा, सवारीको समयमा चर्को स्वरमा वा व्यक्तिगत फोन वार्तालाप नगर्नु नै राम्रो हुन्छ।
कृपया हाम्रो सेवा प्रयोग गर्दा मदिरा (खुला बोटलमा) वा अवैध लागूपदार्थ उपभोग वा ढुवानी नगर्नुहोस्।
हाम्रो कुनै पनि प्रकारको भेदभाव प्रति शून्य सहनशीलताको नीति छ। कृपया एक अर्कालाई प्रतिष्ठा र सम्मानको साथ व्यवहार गर्नुहोस्।
कृपया आफ्नो inDrive खाता अरूसँग साझा नगर्नुहोस्। आफ्नो खाता प्रयोग गर्दा तपाईं आफ्नो कार्यको लागि मात्र जिम्मेवार हुनुहुनेछ। जसले गर्दा हाम्रा चालकहरूले तपाईंलाई अझ सजिलैसँग चिन्नेछन्।
inDrive प्रयोग गर्दा १८ वर्ष मुनिका बालबालिका र किशोरकिशोरीका साथमा सधैं कम्तिमा एक वयस्क हुनुपदर्छ। यदि सानो बच्चासँग यात्रा गर्दैहुनुहुन्छ र बच्चाको सिट चाहिएमा हामीलाई अग्रिम जानकारी दिनुहोस्।
यदि तपाईं घरपालुवा जनावर सँगै ल्याउँदै हुनुहुन्छ भने चालकलाई पहिल्यै थाहा दिनुहोस्। कृपया कारको सिट ढाक्न र जनावरसँग सम्बन्धित अरु जोखिम कम गर्न क्यारियर वा कम्बल ल्याउनुहोस्।
के तपाईंले सवारीको आनन्द लिनुभयो? यदि लिनुभयो भने कृपया आफ्नो चालकलाई राम्रो मूल्याङ्कन दिनुहोस्। तपाईंको निष्पक्ष प्रतिक्रियाले चालकको श्रेणीमा असर गर्दछ र समग्र रूपमा सेवा सुधार गर्न मद्दत गर्छ।
यदि तपाईंलाई सवारी बारे कुनै गुनासो छ भने कृपया inDrive सपोर्टमा सम्पर्क गर्नुहोस्। वादविवादबाट बच्न सवारीको समयमा चालकको आलोचना नगर्ने प्रयास गर्नुहोस्।
तपाईंले हाम्रो टोलीलाई support@indrive.com मा वा एप मार्फत यसरी सम्पर्क गर्न सक्नुहुनेछ: साइड मेनु ➡ सुरक्षा ➡ सपोर्ट सहायता।