यात्रुका लागि सुझावहरू
1
3
2
सवारी अघि
सवारीको समयमा
सवारी पछि
हामीलाई प्रवेश नम्बर वा सटीक पिकअप स्थान थाहा दिनुहोस्, त्यस्तै सवारी बुक गर्दा गन्तव्य ठेगानालाई दोहोरो जाँच गर्नुहोस्।

यदि ३ भन्दा बढी यात्रुहरू हुनुहुन्छ भने कृपया टिप्पणीमा लेखेर हामीलाई थाहा दिनुहोस्।

यदि तपाईंसँग भारी सामान छ वा घरपालुवा जनावर ल्याइरहनुभएको छ भने चालकलाई अग्रिम जानकारी दिनुहोस्।

सवारी चाहिएन? चालकलाई थाहा दिनुहोस् र आफ्नो यात्रा रद्द गर्नुहोस्।

यात्रा सुरु गर्नु अघि लाइसेन्स प्लेट, कार मोडेल, र चालकको फोटो जाँच गर्नुहोस्। जानकारी नमिलेमा सवारी रद्द गर्नुहोस्।
सिटबेल्ट बाध्न नभुल्नुहोला

गन्तव्य परिवर्तन गर्न वा रोक्ने ठाउँ थप्न चाहनुहुन्छ भने कृपया आफ्नो चालकलाई सूचित गर्नुहोस्। ध्यान दिनुहोस् कि यसले सम्भवतः तपाईंको भाडा परिवर्तन गर्नेछ।

कृपया चालकको गाडीमा सावधानीपूर्वक यात्रा गर्नुहोस्: कारमा पानी बाहेक धुम्रपान, खाने वा पिउने नगर्नुहोस्।

आपत्कालीन सेवा प्रयोग गर्नुपरेमा मुख्य स्क्रिनमा रहेको शिल्ड आइकनमा ट्याप गर्नुहोस्।

साथी वा परिवारको सदस्यसँग आफ्नो सवारी विवरण सेयर गर्न सोही बटन प्रयोग गर्नुहोस्।
कारमा कुनै सामान छुट्यो? कृपया support@indrive.com मा इमेल वा एपमा रहेको च्याट मार्फत हाम्रो सपोर्ट टोलीसँग सम्पर्कमा रहनुहोस्।

आफ्नो सवारीलाई मूल्याङ्कन गर्न नबिर्सनुहोला। तपाईंको प्रतिक्रियाले हामीलाई तपाईंको अनुभव बुझ्न र सेवा सुधार गर्न मद्दत गर्दछ।

यदि तपाईंले आफ्नो चालकलाई 'एक तारा' मूल्याङ्कन दिनुभयो भने उनीहरूले आफ्नो फिडमा तपाईंको सवारी अनुरोधहरू देख्ने छैनन्।
तपाईंको यात्रा शुभ रहोस्
Hello! This page contains information for your mobile application
The inDrive online passenger transportation aggregator is not a taxi service and is not involved in the relationship of Users. All requests are created, sent and performed by users independently.
© SUOL INNOVATIONS LTD, 2013-2023