आफ्नो सवारीलाई सेयर गर्नुहोस्
आफ्नो चालकको मूल्याङ्कन गर्नुहोस्
हामीसँग ड्राइभ गर्नु अघि प्रत्येक व्यक्तिले कागजात जाँच र फोटो प्रमाणीकरणबाट गुज्रनुपर्दछ। यदि चालक/कारको विवरण तपाईंको एपको प्रोफाइलसँग मेल नखाएमा सवारी रद्द गर्नुहोस् र सपोर्ट टोलीलाई सम्पर्क गर्नुहोस्।
नजिकैको जुनसुकै कार छान्नुपर्ने समस्याको सट्टा तपाईंले चालकहरुको प्रस्ताव स्वीकार गर्नु अघि उनीहरूको मूल्याङ्कन, कार मोडेल, र सवारी इतिहास जाँच गरेर छानी-छानी अफर स्विकार्न सक्नुहुनेछ।
सपोर्ट सहायतालाई तुरुन्तै सम्पर्क गर्न वा प्रहरी वा एम्बुलेन्सलाई सम्पर्क गर्न मुख्य स्क्रिनमा रहेको शिल्ड आइकनमा ट्याप गर्नुहोस्।
आफ्नो साथी वा परिवारसँग आफ्नो सवारी विवरण सेयर गर्नुहोस्। तिनीहरूले तपाईंको मार्ग, चालक र सवारी साधनको जानकारी, साथै वास्तविक समयमा तपाईंको हालको यात्रा स्थिति देख्नेछन्।
आपत्कालीन अवस्थामा द्रुत सम्पर्कको लागि एपमा आफूले विश्वास गर्ने कसैको फोन नम्बर सुरक्षित गर्नुहोस्। यसलाई तपाईंले सवारीको समय या अरु कुनै समयमा थप्न सक्नुहुनेछ।
यदि तपाईं कुनै नियम उल्लङ्घन वा विवादबारे रिपोर्ट गर्न चाहनुहुन्छ भने कृपया support@indrive.com वा एपको च्याट मार्फत हाम्रो सपोर्ट टोलीसँग सम्पर्क गर्नुहोस्।
आफ्नो सवारी मूल्याङ्कन गर्न नबिर्सनुहोला। यदि तपाईं ती चालकसँग फेरी सवारी गर्न चाहनुहुन्न भने उनलाई एक तारा दिनुहोस् र 'चालक नदेखाउनुहोस्' मा ट्याप गर्नुहोस् । उनले भविष्यमा तपाईंको सवारी अनुरोध हेर्न सक्ने छैनन्।